पेले अस्पताल भर्ना

एजेन्सी

विहीबार, २१ चैत्र २०७५, १२ : २३
पेले अस्पताल भर्ना

ब्राजिलका फुटबल लिजेन्ड पेले पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका छन् ।

७८ वर्षीय पेलेको युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएको उनको प्रवक्ताले जानकारी दिएका छन् ।

‘पेले हाल अस्पतालमा रहेका छन् र उनले एन्टिबायोटिक लिइरहेका छन् । उनलाई दुई दिनभित्र डिस्चार्ज गरिने डाक्टरहरुले बताएका छन्,’ पेपिटो फोर्नोसले जानकारी दिए ।

पीएजसीका स्टार कायलिन एमबाप्पेसँग एक कार्यक्रममा सहभागी हुनका लागि पेले फ्रान्सको राजधानी पुगेका थिए ।

पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या देखिएको छ । सन् २०१५ मा प्रोस्टेटमा समस्या देखिएपछि उनी ब्राजिलको एक अस्पतालमा भर्ना भएका थिए । त्यस्ते एक वर्षअघि पनि उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिस गर्नु परेको थियो ।

‘द ब्लाक पर्ल’ भनेर चिनिने पेले फुटबलको इतिहासमा तीनवटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन् ।

पेलेले सन् १९६८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए ।

सन् २००० मा उनी अर्जेन्टिनाका म्याराडोनासँगै फिफाद्वारा शताब्दी खेलाडी घोषित भएका थिए ।

फोटो : द नेशनल

प्रतिक्रिया दिनुहोस