टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई अदालतको आदेश

एजेन्सी

विहीबार, २१ चैत्र २०७५, ११ : ५२
टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई अदालतको आदेश

मद्रास हाई कोर्टले केन्द्र सरकारलाई  मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको छ । 
इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ जबकी अमेरिकाले बच्चालाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम बनाइरहेको छ ।

अदालतले भारतमा पनि यस्तो कदम उठाउनुपर्ने माग गरेको छ । टिकटक जस्तो मोबाइल एप्लिकेशनमा पोर्न सामग्री पनि उपलब्ध हुने भएकाले यो बच्चाले पनि हेरिरहेको अदालतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस