अटोको छतमा बगैंचा बनाएर चालकले दिँदैछन् यस्तो सन्देश

एजेन्सी

विहीबार, २१ चैत्र २०७५, ११ : ३४
अटोको छतमा बगैंचा बनाएर चालकले दिँदैछन् यस्तो सन्देश

नयाँदिल्ली । भारतमा एक अटो चालकले आफ्नो अटोमा बगैंचा बनाएका छन् । अटोमा बगैंचा बनाएर चालक विजय पालले पर्यावरणप्रति जागरुपता ल्याउन खोजेका हुन् । उनले आफ्नो अटोको छतमा बगैंचा बनाएका छन् । 

धेरै भन्दा धेरै रुख लगाउनका लागि सन्देश दिन उनले यो काम गरेका हुन् । चालक पालले अटोमा ‘रुख बचाउँ, जीवन बचाउँ’ भन्ने सन्देश पनि लेखेका छन् । बगैंचा बनाएको उनको अटोसहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । मंगलबार पोष्ट गरिएको उनको तस्बिर भाइरल बनेको हो ।

अटोको छतमा बनाइएको हरियो बगैंचाले यात्रीलाई सितलता पनि प्रदान गर्ने गरेको छ । गर्मीको मौसममा यो फाइदाजनक छ । यात्रीले पनि अटोमा यात्रा गर्दा सितलताको महसुस गर्ने  पालले बताए ।

प्रतिक्रिया दिनुहोस