फ्रेन्च कप फुटबलको फाइनलमा पीएसजी

एजेन्सी

विहीबार, २१ चैत्र २०७५, ११ : ०६
फ्रेन्च कप फुटबलको फाइनलमा पीएसजी

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा पीएसजीले नान्टेसलाई ३–० गोलले हरायो ।

घरेलु मैदानमा भएको एकपक्षीय खेलमा पीएसजीलाई जित दिलाउन मर्को भेराट्टी, केलियन एमबाप्पे र डानी अल्भेसले गोल गरेका थिए । पीएसजीले २९औं मिनेटमा भेराट्टीको गोलमा अग्रता लिएको थियो ।

७२औं मिनेटमा नान्टेसका कालिफा कोउलीबाली दोहोरो पहेंलो (रातो)  कार्ड पाउँदै बाहिरिएपछि नान्टेस १० खेलाडीमा समेटिएको थियो । त्यसपछि पीएसजीले दुई गोल थप्यो । ८५औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा अल्भेसले गोल गर्दै पीएसजीलाई सजिलै फाइनलमा पुर्याए । 

प्रतिक्रिया दिनुहोस