सुत्नुअघि खानै नहुने ६ खाना

पत्रपत्रिकाबाट

बुधबार, २० चैत्र २०७५, ०७ : ५४
सुत्नुअघि खानै नहुने ६ खाना

केही खानेकुराले गर्दा वजन बढ्ने, अनिद्रालगायत समस्या देखिन्छन् । कोही–कोही राति अबेरसम्म केही न केही खाइरहन्छन् । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आइसक्रिम
कतिपयलाई राति आइसक्रिम खाने सोख हुन्छ । आइसक्रिममा फ्याटको मात्रा एकदमै बढी हुन्छ । राति अबेर आइसक्रिम खाँदा एसिडिटी बन्ने समस्या देखिन सक्छ ।

फ्रेन्च फ्राइज
फ्राई गरी बनाएका फ्रेन्च फ्राइज सबैलाई मन पर्छन् । तर, यसले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । विशेष गरी राति खानु झन् नराम्रो हो । राति आलु चिप्स खानु हुन्न । यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

चिया
कोही–कोहीलाई राति चिया खाने बानी हुन्छ । चियामा क्याफिन हुन्छ । जसले अनिद्राको समस्या निम्त्याउँछ ।

चकलेट
राति चकलेट खानु स्वास्थ्यका लागि हानिकारक छ । यसमा हुने क्याफिनले राम्रोसँग निद्रा पर्न दिँदैन ।

चिसो पेयपदार्थ
सोडा भएका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि ठीक होइनन् ।

पिज्जा
कतिपय राति पिज्जा खाएर सुत्छन् । पिज्जामा चिल्लो प्रशस्त मात्रामा हुन्छ । जसले पाचनप्रक्रियालाई प्रभावित गर्छ । सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस