काठमाडौं । बारा र पर्सामा आएको हुरी र भुमरीमा परेर ३१ जनाको मृत्यु भएको बताइएकाे छ । ४ सय जना घाइते भएका छन् भने हजार भन्दा बढी प्रभावित भएका छन् ।
यसैबीच बारा र पर्सामा हावाहुरीका कारण मृत्युहुनेप्रति प्रधानमन्त्री केपी ओलीले दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले उद्दारमा गम्भीर हुन र घाइतेको उपचारका कुनै पनि कमी आउन नदिन स्थानीय प्रशासनलाई निर्देशित गनुभएको छ । साथै उहाँले मृतकप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सोमबार बिहानबा आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । ट्वीट गर्दै प्रधानमन्त्री ओलीले उद्दारमा खटिनको लागि सुरक्षा निकाय र पार्टीका जिम्मेवार कार्यकर्तालाई पनि आह्वान गर्नुभएको छ ।
आइतबार साँझ आएको भीषण हावाहुरीका कारण बारामा २७ जना र पर्सामा ५ जनागरी जम्मा ३२ जनाको ज्यान गएको थियो । नेपाल समाचारपत्र
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ चैत्र २०७५, ०७ : १०
लेखकबाट थप