काठमाडौँ । देशको पूर्वी तथा मध्यभागमा मङ्गलबारसम्म मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने बताएकाे छ । देशको पहाडी भेगको केही स्थानमा र तराई भेगको एक दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।
त्यसैगरी, हिमाली भूभागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
मङ्गलबार देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै देशको पहाडी भेगको थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
भारतको मध्यप्रदेशमा विकसित भएको न्यून चापीय क्षेत्र (लो प्रेसर एरिया) को प्रभावका कारण वायुमण्डलको तल्लो सतहमा जलवाष्पयुक्त हावा सजिलै प्रवेश गर्ने भएकाले नेपालमा अहिलेको मौसमी अवस्थामा परिवर्तन आएको हाे । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ चैत्र २०७५, ०७ : ०४
लेखकबाट थप