पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनका मुसलमानको स्थितीबारे केही थाहा छैन

एजेन्सी

शुक्रबार, १५ चैत्र २०७५, ११ : ३९
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनका मुसलमानको स्थितीबारे केही थाहा छैन

बीबीसी
‘पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनका मुसलमानको स्थितीबारे केही थाहा छैन । उनलाई जब विगर मुसलमानको स्थितीबारे केही थाहा छैन । उनलाई जतिबेला वीगर मुसलमानको स्थितीबारे सोधिन्छ उनी आफूलाई यसबारे अनजान बताउँछन् ।’

दुई दिनअघि फाइनेन्शियल टाइम्सको स्टेफनी फिल्डलाई दिएको एक अन्तरवार्तामा इमरान खानले आफूलाई चीनमा बस्ने मुसलमानबारे जानकारी नभएको बताएका छन् । उनले योभन्दा अघि पनि विगर मुसलमानबारे केही थाहा नभएको बताइसकेका छन् ।

फाइनान्सियल टाइम्सको स्टेफनी फिन्डले इमरान खानलाई ‘चीनमा बसिरहेका विगर मुसलमानको स्थितीबारे के सोच्नुहुन्छ’ भन्ने प्रश्न सोधिन् । यसको उत्तरमा इमरान खानले भने, ‘साँच्चै भन्नुपर्दा मलाई यसबारे धेरै जानकारी छैन ।’

उनले आफू संसारका सबै मुसलमानको पक्षको कुरा गर्ने स्विकारे । उनले भने, ‘मुस्लिम दुनियाँ आफ्नो सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । यदि मलाई यसबारे जानकारी भएको हुँदो हो त म कुरा गर्दथेँ । ’

स्टेफनीले ‘आफ्ना श्रीमतीलाई बचाउनका लागि चीन गएका थुप्रै पाकिस्तनीलाई पक्राउ गरिएको छ’ भन्ने प्रश्नमा इमरानले जवाफ दिए, ‘मैले यसबारे केही पनि सुनेको छैन ।’

इमरान खानले विभिन्न मुद्दाबारे पनि कुराकानी गरेका छन् । उनले भनेका छन्, ‘गत २० वर्षमा पहिलो पटक पाकिस्ताको विदेश नीति सरकारको हातमा छ ।’

आर्थिक मुद्दाबारे कुरा गर्दै उनले भने, ‘मलाई विश्वास छ कि अब उप्रान्त हामी कहिले अन्तरराष्ट्रिय मुद्रा कोष जानुपर्ने छैन । ’

उनले चीनको लगानीबारे कुरा गर्दै यो पाकिस्तानका लागि निकै महत्वपूर्ण भएको बताएका छन् ।

चीनका विगर मुसलमानः
चीनले आफ्नो पश्चिमी प्रान्त शिनजियांगमा अल्पसंख्यक विगर मुसलमानका लागि नजरबन्द बस्ती बनाएका राखेका छ । गत वर्ष बीबीसीले आफ्नो खोजीमा यस्तो पाएको थियो ।

चीनले पछिल्ला केही वर्षमा यो इलाकामा थुप्रै जेल बनाएर राखेको छ ।

मुसलमानलाई कुनै मुद्दा नै नचलाई जेलमा कैद गरेको कुरा चीनले लगातार अस्विकार गर्दै आएको छ । चीनले उक्त जेललाई पुनर्शिक्षा केन्द्र बताउँदै आएको छ जसमा मानिसहरुलाई पुनः शिक्षित गरिँदैछ ।

सांस्कृतिक रुपमा चीनका विगर मुसलमान आफूलाई मध्य एशियाली देशको नजिक मान्छ । उनीहरु टर्की भाषा बोल्छन् ।

हालै टर्कीले चीनले लाखौं मुसलमानलाई नजरबन्दी शिविरमा बन्द गरेर राखेको भन्दै आवाज उठाएको थियो । टर्कीले चीनसँग ती शिविर बन्द गर्न माग गरेको छ ।

पछिल्ला केही वर्षमा सयौं विगर मुसलमानको मृत्यु भएको छ । एक करोड विगर र बहुसंख्यक हान चीनियाँबीचको संघर्ष वर्षौंदेखि चलिरहेको छ र यसै संघर्षमा धेरैजसो विगर मुसलमान मारिएका छन् ।
चीनले यो अशान्तिका लागि इस्लामिक चरमपन्थीलाई जिम्मेवार बताउँछ ।  
 

प्रतिक्रिया दिनुहोस