राजविराज । सप्तरीमा जारी एसईई अन्तर्गत 'अनिवार्य सामाजिक अध्ययन' विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको छ। विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो।
एसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहेको छ। तर समितिलाई चुनौति दिँदै प्रश्नपत्र बाहिरिने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको हो।
विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको छ। सामाजिक सञ्जालमार्फत देखिएका प्रश्नपत्र आधिकारिक रहे वा नरहेको बारे शुक्रबारको परीक्षा सुरु भएपछि मात्र पुष्टि हुनेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ चैत्र २०७५, ०६ : ५६
लेखकबाट थप