ट्रायल पास गरेका अढाई लाखले पाएनन् लाइसेन्स

पत्रपत्रिकाबाट

विहीबार, ०४ माघ २०७४, ०६ : ५२
ट्रायल पास गरेका अढाई लाखले पाएनन् लाइसेन्स

काठमाडौं । सरकारको अकर्मण्यताका कारण सवारी चाचलक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् ।

लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नुपरेको हो ।

देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ नवीकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ हजार छ । स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड मात्र प्रिन्ट गर्ने क्षमता छ । त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौज्दात छैन । आजको कारोबारमा  खबर छ ।

सरकारले २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस