बर्दिबास–जयनगर रेल : लिक निर्माण सुरु

पत्रपत्रिकाबाट

विहीबार, ०४ माघ २०७४, ०६ : ५०
बर्दिबास–जयनगर रेल : लिक निर्माण सुरु

भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ ।

पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम भइरहेको छ ।

भारत सरकारको सात अर्ब २० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्स्ट्रक्सनको काम पूरा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस