मौसमले च्यालेन्ज गर्यो ? मदिरा नपिउनुस्

पत्रपत्रिकाबाट

विहीबार, ०४ माघ २०७४, ०६ : ४६
मौसमले च्यालेन्ज गर्यो ? मदिरा नपिउनुस्

'आज मौसमले च्यालेन्ज गर्यो' मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा सेवन गरेर बाहिर सुत्दा धेरैको ज्यान गएको छ । मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चिसोमा मदिराले तत्कालका लागि न्यानो गराए पनि शरीरभित्रको तापक्रम (हिट लस) घटाउने बताए ।

मानिसको शरीरको रगत र भित्री भाग (कोर ट्याम्प्रेचर) तातो हुन्छ । मदिराले रगतमा भएको तातोलाई छालातिर फाल्छ । यसलाई (भ्यासोडाइलेसन) भनिन्छ । समान्य अवस्थामा बाहिर चिसो हुँदा शरीरले नशा खुम्च्याएर तातो जोगाउने भएकाले जाडोसँग बढी प्रतिरक्षा गर्न सक्छ ।

शरीरको नशा साँघुरो हुनु भित्री तातो जोगाउनकै लागि हो । चिकित्सकका अनुसार मदिराले तत्कालका लागि रगतको सञ्चालन बढाउने भएकाले रगतका नशा (ब्लड भेइसल) फराकिलो बनाउँछ ।
डा. अनिलका अुसार चिसोमा बढी मदिरा सेवन गर्दा रगतको थेग्ला जमेर तत्काल हृदयघात र मतिष्कघात हुनसक्ने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस