निर्वाचनको मुखमा ढुंगेलको पक्राउ षड्यन्त्रको संकेत : माओवादी केन्द्र

सुजन अधिकारी

मंगलबार, १४ कार्तिक २०७४, १८ : ३९
निर्वाचनको मुखमा ढुंगेलको पक्राउ षड्यन्त्रको संकेत : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले बालकृष्ण ढुंगेललाई निर्वाचनको मुखमा पक्राउ गर्नुलाई गम्भीर षड्यन्त्रको रूपमा अर्थ्याएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सेतोपाटीसँग कुराकानी गर्दै ढुंगेल पक्राउ दुर्भाग्यपूर्ण भएको बताइन्।

‘विस्तृत शान्ति सम्झौताको प्रावधानअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको अवस्थामा उसको क्षेत्राधिकार बाहिर गएर पक्राउ गर्नु दुर्भाग्यपूर्ण छ’, भुषालले भनिन्, ‘निर्वाचनको मुखमा पक्राउ गर्ने व्यवहारले गम्भीर षड्यन्त्रको संकेत गर्छ।’ नेपाल प्रहरीको सिआईबीले ढुगेंललाई सातदोबाटोस्थित उनको डेराबाट आज प्रकाउ गरेको हो।

पहिलो संविधानसभामा नेकपा माओवादीबाट उनी ओखलढुङ्गा २ बाट सांसद निर्वाचित भएका थिए। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा जन्मकैदको सजाय पाएका उनी लामो समय देखि फरार रहँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस