बिहीबार कांग्रेस केन्द्रीय समिति बैठक : नेताका आ-आफ्नै दाउ

पत्रपत्रिकाबाट

बुधबार, ०३ माघ २०७४, ०७ : ११
बिहीबार कांग्रेस केन्द्रीय समिति बैठक : नेताका आ-आफ्नै दाउ

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाबपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका छन् । देउवाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

सभापति देउवाले राष्ट्रियसभा चुनावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाए पनि पौडेल समूहले भने चुनावी समीक्षा सकेर मात्रै राष्ट्रियसभाको अनिवार्य एजेन्डामा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन प्रधानमन्त्री देउवामाथि दबाब बढाएका थिए। कांग्रेसभित्रै कोइराला परिवारका नेता हस्तीले पनि पार्टी संस्थागत रूपमा नचलेको, नेतृत्व कमजोर भएको जस्ता आरोप लगाउँदै केन्द्रीय समिति बैठक माग गर्न थालेपछि देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

केन्द्रीय समिति बैठक बोलाउनुअघि मंगलबार पनि देउवाले वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतासँग अनौपचारिक छलफल गरेका थिए। त्यसपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

 

प्रतिक्रिया दिनुहोस