निगमको एयरबस दिल्लीमा ग्राउन्डेड : इन्जिन भाडामा लिने तयारी

पत्रपत्रिकाबाट

बुधबार, ०३ माघ २०७४, ०६ : ३९
निगमको एयरबस दिल्लीमा ग्राउन्डेड : इन्जिन भाडामा लिने तयारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा एयरबस दुई सातादेखि नयाँ दिल्लीमा ग्राउन्डेड भएको छ । एयरबसको इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको नेवानिका महानिर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

कंसाकारले भने,
-जहाजको इन्जिनमा समस्या देखिएको छ ।
-इन्जिन मर्मतमा समय लाग्छ ।

इन्जिन मर्मत गर्न समय लाग्ने भएपछि नेवानिले इन्जिन भाडामा लिने तयारी गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
निगमले चार बर्षअघि मात्रै खरिद गरेको एयरबसको इन्जिनमा समस्या आएको हो । नेवानिले तीन महिनाका लागि मासिक दुईदेखि तीन करोड रुपैयाँ खर्च गर्दै इन्जिन भाडामा लिन लागेको छ ।

प्रतिक्रिया दिनुहोस