नारायणगढमा शंकास्पद वस्तु फेला, स्थानीय र  बटुवा त्रसित

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १६ : १५
नारायणगढमा शंकास्पद वस्तु फेला, स्थानीय र  बटुवा त्रसित

चितवन । नारायणगढको लायन्सचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु देखेपछि बाटो हिड्ने बटुवा र सर्वसाधारण त्रसित भएका छन् । बमको आशंका गरी त्यसलाई नष्ट गर्न सेनाको बम डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
दिउँसो करिब ३ बजेको समयमा मोटरसाईकलमा आएका दुईजना व्यक्तिले शंकास्पद वस्तु बाटोमा छोडेर गएको स्थानियले बताएका छन् । शंकास्पद बस्तु सेतो प्लाष्टिकले बेरेर बाहिर पट्टी थोरै तार निकालेको पोका रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस