धुर्मुस–सुन्तली रंगशाला निमार्णको फिल्डमा, सिमेन्ट र जस्ता बोक्नमा व्यस्त

सफल खबर संवाददाता

बुधबार, २९ फागुन २०७५, २० : ५२
धुर्मुस–सुन्तली रंगशाला निमार्णको फिल्डमा, सिमेन्ट र जस्ता बोक्नमा व्यस्त

चितवन । धुर्मुस–सुन्तली रंगशालाको काममा ब्यस्त भएका छन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको ‘गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निमार्णस्थलमा मंगलवार र बुधवार निमार्णस्थलमा काममा ब्यस्त भए । बालुवा बोक्ने, मसला बनाउने जस्ता बोक्दा उनीहरु हौसिएका थिए ।  भरतपुर महानगरपालिका वडा नम्बर १५ निमार्ण गर्न लागिएको रंगशाला बनाउन हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याईनभ्याई छ । 
सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम गरेका थिए । टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मस सुन्तली’ सँगै सिमेन्टको मसला बनाउने र बोक्ने उनीहरू दंग पनि परिरहेका थिए । निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने । निरीक्षणका लागि पुगेका धुर्मुस–सुन्तली कामदारसँगै काममा लागीपरेका थिए । टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मस सुन्तली सँगै सिमेन्टको मसला बनाउने र बोक्ने उनीहरू दंग पनि परिरहेका थिए । निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने । निरीक्षणका लागि पुगेका धुर्मुस–सुन्तली कामदारसँगै काममा लागीपरेका थिए ।


निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भईरहेको छ । उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनिहरु आँफै कार्यक्षेत्रमा खटिएर काम श्रम दान समेत गरिरहेका थिए । भरतपुर महानगरपालिका–१५ स्थित शान्ति चोकमा रंगशाला निमार्ण गर्न लागिएको छ । कट्टेल र घिमिरे दुबैजना एकै ठाउँमा बसेर स्थानीयहरुसँग भेटघाट पनि गरिरहेका थिए ।
निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन् । रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडि बढेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ ।
३५ बिधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उहाँले बताउनु भयो । नेपालको तीन करोड जनताको आँटकै आधारमा क्रिकेट रंगाशाला निर्माण हुन लागेको भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो । ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उहाँले भन्नुभयो, “यो देश विकासका लागि सबै एक हुने समय आएको छ । अब देश बनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिए पछि अब विकासको आन्दोलनमा सबै सहभागि हुन जरुरी छ ।” 
अहिले आर्थिक संकलनको काम पनि भईरहेको बताउँदै उहाँले देश भरीबाट कसरी आर्थिक संकलन गर्ने भन्ने विषयमा सोच बनाई रहेको घिमिरेले जानकारी दिनुभयो । विदेशबाट पनि सहयोग आउने क्रम जारी रहेको बताउँदै उहाँले शिलन्यास गरेको दुई वर्षमा रंगशाला निर्माण हुने विश्वास दिलाउनु भयो ।
अहिले रंगशाला निर्माणका लागि तीन तहबाट काम भईरहेको छ । निर्माण स्थलमा प्रारम्भिक चरणमा काम भईरहेको छ भने विज्ञहरुसँग परामर्श पनि जारी छ । आर्थिक संकलनको काम पनि भईरहेको छ । अहिले त्यहाँ फाउण्डेसनका तर्फबाट २५ जना कर्मचारी परिचालन भएका छन् भने दिनहँु जसो स्थानीयहरुले श्रमदान समेत गरीरहेका छन् । दैनिक १ सय ५० जना जतिको हाराहारीमा श्रम दान हुने गरेको छ ।
आँफ्नै छिमेकमा अन्तराष्ट्रिय रंगशाला निर्माण हुने भए पछि स्थानीय पनि उत्साहित छन् । रोजगारीका लागि विदेश भिजा लागेका तीन जना युवाले भिजासमेत क्यान्सिल गरेर रंगशाला निर्माणमा जुटेका छन् । अहिले रंगशाला निर्माणको काम तिब्र गतिमा भई रहेको छ । जसका कारण स्थानीयमा पनि उत्साहा थपिएको छ । रंगशाला निर्माणका लागि ५ करोड ५० लाख भन्दा बढी आर्थिक संकलन भईसकेको छ भने अन्य संकलन हुने क्रम जारी छ । 

प्रतिक्रिया दिनुहोस