सन्दीप लामिछानेले प्राप्त गरे उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

सफल खबर संवाददाता

मंगलबार, २१ फागुन २०७५, १७ : ०७
सन्दीप लामिछानेले प्राप्त गरे उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

काठमाडौं । एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले प्राप्त गरेका छन् । खेलाडीहरुको अघिल्लो वर्षदेखि युएईविरुद्धको सिरिजमा गरेको प्रदर्शनका आधारमा विजेता छनोट गरेको सिप्यानले जनाएको छ । 
यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।

सन्दीपले सन् २०१८ र १९ मा राष्ट्रिय टोलीबाट कुल ३२ खेल खेले । यसक्रममा उनले ८४ विकेट हात पारेका छन् । उनले वान डे खेलमा ५५ विकेट र १० टि-२० खेलमा २९ विकेट हात पारेका छन् । डिभिजन २ मा सन्दीपले नामिबियाविरुद्ध ४ र केन्याविरुद्ध ५ विकेट लिएका थिए । विश्वकप छनोटमा पनि उनले पपुवा न्यू गिनीविरुद्ध ४ तथा हङकङविरुद्ध ३ विकेट लिएका थिए ।
यूएईविरुद्ध ओडीआई सिरिजमा ७ विकेट लिएका सन्दीपले त्यसअघि एसिया कप छनोटमा ५ खेलमा १४ विकेट लिए । टि-२० विश्वकप छनोटमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा २४ विकेट हात पारेका थिए ।


 

प्रतिक्रिया दिनुहोस