फिल्म कन्टेन्ट ले चल्ने हो, नामले होईन : ब्रेक अप युनिट

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १३ : १८
फिल्म कन्टेन्ट ले चल्ने हो, नामले होईन : ब्रेक अप युनिट

चितवन । भोली शुक्रबारदेखि  यस वर्षको दुईवटा बहुप्रतिक्षित फिल्महरु रिलिज हुँदैछ । भुवन केसी निर्मित ‘क्याप्टेन’ र हेमराज विसी निर्देशित ‘ब्रेक अप’ । दुबै फिल्मका निर्माण युनिटले आफ्नो फिल्महरु उत्कृष्ट बनेको दाबी गर्दै आईरहेका छन् ।
‘मेघा स्टार’ को उपमा पाईसकेका अनमोल केसी अभिनित ‘क्याप्टेन’ ले नेपालको राष्ट्रिय गौरवको विषय फुटबल र प्रेममा आधारित भएकाले फिल्मले राम्रो व्यपार गर्ने अडकल गरिएको छ । त्यस्तै फिल्म ‘ब्रेक अप’ ले फिल्ममा कन्टेन्ट राम्रो भएकाले फिल्मले राम्रो व्यपार गर्ने भन्दै आईरहेको छ ।
बुधबार फिल्मको प्रमोसनका लागि चितवन आईपुगेको ब्रेक अप युनिटले दुबै फिल्मको रिलिज डेट एउटै भएपनि फिल्म चेल्नेमा आशावादी रहेको बतायो ।
सो कार्यक्रममा चलचित्रका मुख्य पात्र आशिरमान देशराज जोशी श्रेष्ठ, शिल्पा मास्के र निर्माता सरोज न्यौपाने उपस्थिति रहेका थिए । चलचित्रमा नेपाली समाजमा नपच्ने एक युवा र युवतिको क्याजुयल रिलेशनसिप लाई देखाउन खोजिएको प्रमुख कलाकार आशिरमान देशराज जोशीले बताए ।
द ब्रेक अप चलचित्रको अर्थ विछोड भएपनि यसले ब्रेकअप गर्दै हिडनु पर्छ भन्ने ज्ञान भने नदिएको उनले बताए ।
चलचित्रमा प्रेममा पर्दा के हुन्छ ? के कारणहरुले सम्बन्ध विग्रिन्छ र ब्रेकअप पछि एक अर्कालाई भेट्दा कस्तो खालको कुरा गरिन्छ भन्ने कुरालाई चलचित्रबाट देखाउन खोजिएको शिल्पा मास्केले बताईन । मास्के चलचित्रको मुख्य कलाकार पनि हुन् ।
करिब २ करोड ५० लाखको लगानिमा बनेको द ब्रेक अप देश बाहेक विदेशमा पनि छायाँङकन गरिएको छ । नेपालि चलचित्रले खासै गुणस्तर दिन नसकिरहेको समयमा केहि समय देखि गुणष्तर चलचित्रको आगमन भईरहेको निर्माता सरोज न्यौपानेले बताए । प्रेम, कमेडीमा आधारीत द ब्रेकअपले पनि नेपालि चलचित्रमा केहि गुणष्तर दिने प्रयास गरेको निर्माता न्योपानेले बताए ।   
 

प्रतिक्रिया दिनुहोस