प्रचण्डको घरदैलोमा ज्येष्ठ नागरिकको उत्साह (फोटो फिचर)

शुक्रबार, २४ कार्तिक २०७४, १८ : ०६
प्रचण्डको घरदैलोमा ज्येष्ठ नागरिकको उत्साह (फोटो फिचर)


चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । दाहालको घरदैलोमा युवा, विद्यार्थी, गृहिणी, ज्येष्ठ नागरिकको उत्साह देखिएको थियो ।

सर्वसाधारणसँगको भेटका क्रममा दाहालले उनीहरुको मायाले आफूले चुनाव आजै जितिसकेको बताए । घरदैलोको क्रममा वाम गठबन्धनप्रति जनताको उत्साह देखिएको भन्दै दाहालले त्यसबाट नयाँ उर्जा थपिएको बताए । दाहालले बिहीबारदेखि चितवनमा घरदैलो अभियान सुरु गरेका हुन् । दाहालले चितवन क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण भुर्तेललाई समेत साथमै लिएर घरदैलोमा निस्केका छन् ।

शरदपुरमा शुक्रबार आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले आफूलाई घरघरमा पसेर जनताका सुखदुःखका कुरा सुनेर घरदैलो गर्ने इच्छा भएपनि त्यो पूरा हुन नसकेको बताए । गाडीमा चढेर घरदैलो परम्परागत घरदैलो होइन, घरदैलो कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले भने, यसलाई आधुनिक घरदैलो भन्नु पर्ला । घरदैलोको क्रममा जनता निकै उत्साहित भएको पाएँ । सय वर्ष पुग्न लाग्नु भएका वृद्धा आमाहरुबाट पनि आशीर्वाद पाएँ । सबैप्रति आभार प्रकट गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस