मण्डला थिएटरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव– २०७५’ सुरु

सफल खबर संवाददाता

मंगलबार, १४ फागुन २०७५, १४ : ४१
मण्डला थिएटरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव– २०७५’ सुरु

काठमाडौं । अनामनगरस्थित मण्डला थिएटरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव– २०७५’ सुरु भएको छ । महोत्सवको सोमवारसाँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नाट्य विधा समाज उज्यालो पार्ने टच लाइट भएको बताए । उनले नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने घोषणा गर्दै नाटकका लेखक तथा नाट्यकर्मीहरुलाई अझ उत्साहका साथ अघि बढन हौस्याए । 
सरकारले नाट्य क्षेत्रको उत्थानका लागि आवश्यक सबै खालको प्रबन्ध गर्ने समेत कार्यक्रममा बताए । संस्कृतविद् सत्यमोहन जोशी लगायत नेपालको नाट्य विधामा योगदान पुर्याएकालाई सम्मान गरिएको कार्यक्रममा ओलीले नाटकको भविष्य राम्रो भएको उल्लेख गर्दै अझ उत्थानका लागि जनस्तरबाटै प्रयास हुनुपर्ने धारणा राखे ।’

२० गतेसम्म चल्ने महोत्सवमा नेपालसहित ८ देशका ३० मञ्चन गरिनेछ । मोहोत्सवका नाटकहरु अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीस्थित शिल्पी थिएटर, त्रिपुरेश्वरस्थित कौशी थिएटर, कीर्तिपुरस्थित थिएटर मल, स्वयम्भू होटल बज्रस्थित नागा थिएटरमा मञ्चन हुने महोत्सवका निर्देशक राजन खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस