१७ औं आहा रारा गोल्डकप: हिमालय शेर्पालाई हराउँदै आर्मी सेमीफाइनलमा

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, २० : ३२
१७ औं आहा रारा गोल्डकप: हिमालय शेर्पालाई हराउँदै आर्मी सेमीफाइनलमा

पोखरा । पोखरामा जारी आहा ! रारा फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दोश्रो क्वाटर फाइनल खेलमा त्रिभुबन आर्मीका नवयूग श्रेष्ठले लगालग दुई गोल गरे पछि हिमालयन शेर्पा ३–१ गोलले पराजित हुँदै प्रतितोगिता बाट बाहिरिन पुगेको छ ।

प्रतियोगिताको दोश्रो क्वाटर फाइनलको मध्यान्तरसम्म एक गोलले पछि परेको नेपाल आर्मीका नवयूगले ७१ औं ८० मिनेटमा गोल गर्दै आफू अझै पनि लयमा रहेको प्रमाणित गरे । ७१ औं मिनेटमा करिब ३५ यार्ड टाढा बाट सन्तोष तामाङको फ्रि-किकलाई नवयूगले हेड मर्फत गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए ।

यसै गरि खेलको ८० औं मिनेटमा नवयूगले काउन्टर गोल गर्दै टिमलाई जित तर्फ अगाडी बढाएका थिए । हिमालयनले पाएको कर्नर किक प्रहार क्लियर हुँदै मैदानको मध्य भागमा आएको बल हिमालयनका डिफेन्स यूलरिच सिवीकोले क्लियर गर्न सकेनन । यूलरिचले खुट्टा बाट फुत्किएको बललाई म्यान अफ दि म्याच घोषित नवयूगले एक्लैले अगाडी बढाउँदै गोलमा परिणत गरे ।
खेलको ६५ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान छिरेका जर्ज प्रिन्स कार्कीले ९१ औं मिनेटमा गोल गर्दै टिमलाई सेमीफाइनलको यात्रालाई थप सहज बनाए । काउन्टर एटेकका लागि मुभ बनाइरहेको हिमालयनका खेलाडी बाट मैदानको मध्य भाग बाटनै बल खोस्दै अगाडी बढेका जर्ज प्रिन्सको पहिलो प्रहारलाई किपर किशोर गिरीले पन्च गरेर जोगाउने प्रयास गरे रिवाउण्डमा आएको बललाई उनले गोलको बाटो देखाए ।

यता हिमालयन शेर्पाले खेलको पहिलो हाफको २७ औं मिनेटमा गोल गर्दै आर्मीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । मैदानको बाँया भागको कर्नर नजिक बाट त्रिदेवको सटिक पासलाई विदेशी खेलाडी प्याट्रिक गोहाले हेड मार्फत गोल गरेका थिए ।  आर्मीको सेट टिमले खेलको पहिलो हाफमा पनि वन भर्सेस वनमा नवयूग र भरत खवासले दुई वटा गोल गर्ने प्रयास विफल भएका थिए । मिड फिल्डमा खासै चल्न नसकेका दुवै टिमले लामो पास काउन्टर मूभहरु बनाउने प्रयास गरेको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस