अन्ततः भंग भयो नेकपाको एकता टुंगो लगाउन गठित कार्यदल

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, १२ : ०९
अन्ततः भंग भयो नेकपाको एकता टुंगो लगाउन गठित कार्यदल

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ ।

शुक्रबार विहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयले नै गृहकार्य गरेर प्रस्ताव स्थायी कमिटीमा लग्ने निर्णय गरेको छ ।

बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए । त्यसैले शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘एकीकरणका जति पनि काम वाँकी छन्, ती सबैमा सचिवालयले गृहकार्य गरेर प्रस्ताव तयार गर्छ । त्यो प्रस्ताव स्थायी कमिटीमा पेश गर्नेछ, ।’ श्रेष्ठले यसअघि बनेको कार्यदललाई धन्यवादसहित विदा गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस