नेकपा बैठकमा कार्यदलले माग्यो एक हप्ताको समय

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, १४ : ११
नेकपा बैठकमा कार्यदलले माग्यो एक हप्ताको समय

काठमाडौँ । सत्तारुढ दल नेकपाको पार्टी एकतासम्बन्धी कार्यदलले बाँकी काम सम्पन्न गर्न सचिवालयसँग एक हप्ताको समय माग गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् भने बहुमत सदस्य त्यसको विपक्षमा छन् । 
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कार्यालयका सदस्यहरुसहित बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा उभिएका छन् ।
कार्यदलका बहुमत सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको धारणा राखेका छन् ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबारको बैठकमा कार्यदलका सबै सदस्यले आफ्नो धारणा राखेको र बाँकी निर्णय शुक्रबार बस्ने बैठकले गर्ने बताए ।
 ‘कार्यदलका सबै साथीहरुले आफ्नो धारणा राख्नुभयो । उहाँहरुले बाँकी काम कार्यदललेनै गर्न सक्ने भन्दै थप समय माग गर्नुभएको छ । अब कार्यदललाई दिने वा के गर्ने भन्नेबारे भोलिको बैठकले निर्णय गर्छ’, प्रवक्ता श्रेष्ठले भने ।


 

प्रतिक्रिया दिनुहोस