चुनाव

जन गुनोसो सुन्न स्थानियको घरमै पुगे प्रचण्ड

शुक्रबार, २४ कार्तिक २०७४, १३ : ३६
जन गुनोसो सुन्न स्थानियको घरमै पुगे  प्रचण्ड


चितवन । बामपन्थीहरूको एकता सहितको स्थिर सरकारले मात्र देशको विकास सम्भव रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनु भएको छ । भरतपुर महानगरपालिकाको वडा नं.ल९ को चुनावी सभामा बोल्दै उहाँले नेपाली जनताको बिकास र समृद्धीको चाहना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको औल्याउनुभयो । चितवनको बिकासलाई देशकै नमुना बनाउन आफु अग्रसर रहने विश्वास व्यक्त गर्नुभयो । चितवन निर्बाचन क्षेत्र नं. ३ को उम्मेदवार समेत रहनुभएका अध्यक्ष प्रचण्डले शुुक्रबार भरतपुर ९ का स्थानियसगं भलाकुसारी समेत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डलाई वडा नं. ९ मा भव्य स्वागत गरेका थिए । प्रचण्डलाई ३ नं. क्षेत्रमा उम्मेदवारको रुपमा पाउनु खुशीको विषय रहेको स्थानियको प्रतिकृया दिएका थिए । फुलमाला सहित प्रचण्डको स्वागतमा घरको मुलगेटमा बसेका थिए । वृद्धवृद्धाहरुले प्रचण्डसगं सामाजिक भत्तालाई वृद्धी गर्न माग गरेक थिए । निर्वाचन पश्चात बाम सरकार बन्ने र वृद्धा भत्तालाई सबैभन्दा सुरुमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले बाम गठबन्धनका उम्मेदवारलाइ मतदान गरी अत्याधिक बहुमतले बिजयीगर्न आग्रह समेत गर्नुभयो । संभावना नै संभावनाको खानीको रूपमा रहेको चितवनलाई बिकासको माध्यमबाट समृद्ध बनाउने उदेश्यका साथ आफु अग्रसर गरेको उल्लेख गर्नुभयो ।

बाम एकताको बारेमा बोल्दै अध्यक्ष प्रचण्डले  वामपन्थिहरूको सुध्रिड एकताले मात्र राष्ट्रको बिकास सम्भव रहेको उहाको दाबी छ ।  आफ्नो एकमात्र उदशय देशको बिकास र सुसासन भएको जिकिर गर्नुभयो । भरतपुर वडा नं.९ का शरदपुर , हाकिमचोक ,दराईचोकका स्थानियको घरदैलोमा पुगी त्यस ठाउको समस्याको बारेमा बुझनु भएको थियो । प्रचण्डले घरदैलोको क्रममा आफु लगायत गठबन्धनका उमेद्वारहरूलाइ मतदान गर्न आग्रह गर्नुभयको थियो ।

 

प्रतिक्रिया दिनुहोस