घरबाट हराएकी एक महिलाकाको शव पोखरीमा भेटियो

शुक्रबार, २५ माघ २०७५, १७ : ३४
घरबाट हराएकी एक महिलाकाको शव पोखरीमा भेटियो

भक्तपुर । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । 
भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिनुभयो । 

हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उहाँले घटनाको अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस