नयाँ शक्ति पार्टी जाजरकोटको सिङ्गो जिल्ला कमिटी  नेकपामा विलय

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, १६ : ३८
नयाँ शक्ति पार्टी जाजरकोटको सिङ्गो जिल्ला कमिटी  नेकपामा विलय

जाजरकोट । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी जाजरकोटमा रित्तिएको छ । नयाँ शक्ति जाजरकोटको सिङ्गो जिल्ला कमिटी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विलय भएको छ ।

कुशे गाउँपालिका स्तरीय नेकपाको अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो ।कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले अविर माला लगाएर स्वागत  गरे ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद करबीर शाही, कर्णाली प्रदेश कमिटी सदस्य तथा तत्कालीन नेकपा माओवादीका जिल्ला अध्यक्ष ढकबीर राना, प्रदेश सदस्य हरिभक्त नेपाली, नेकपा कार्यालय सचिव दीप बहादुर थापा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस