गुण्डा नाइके राजु गोर्खाली पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १३ : ५०
गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई आइतबार राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो । 

चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका गोर्खालीले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । 

महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिइएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस