एमाले माओवादी एउटै पार्टी भईसक्यो : प्रचण्ड

विहीबार, २३ कार्तिक २०७४, १८ : ५२
एमाले माओवादी एउटै पार्टी भईसक्यो : प्रचण्ड


चितवन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  १० दिन मात्र चुनाव सेरेको भए एउटै पार्टी भएर चुनावमा आउने तयारी भएको खुलसा गर्नुभयो । अदालतबाट १० दिन निर्वाचनको मिति सर्न सक्छ की भन्ने कुरा भएको थियो । नेकपा एमाले र माओवादी केन्द« बिच पहिला पार्टी एकिकरण हुन्थियो र एउटै पार्टी भएर निर्वाचनमा जाने तयारी भएको औल्याउनुभयो ।

माओवादी केन्द्र पार्टी कार्यलय चितवनमा संयुक्त बामगठबन्धनको संयुक्त महिलाभेला तथा राजनैतिक प्रशिक्षण कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले तालमेल गरेर पार्टी एकता होईन की पार्टी एकता गरेर तालमेल गरे निर्वाचनमा पनि सफल भईने र पार्टी एकता पनि सफल हुने भएकाले त्यही अनुरुप सहमति गरी अगाडी बढेको बताउनुभयो । पार्टी एकता समायोजन समिति बनाएर मात्र दुई पार्टी बिचको तालमेल गर्ने सहमतिले पार्टी एकतालाई थप मजबुत बनाएको र यसमा कसैले शंका नर्गन आग्रह गर्नुभयो । दुई पार्टी एक भई सकेको भएकाले साझा घोषणा पत्र आएको बताउनुभयो । एउटै पार्टी नभएको भए साझा घोषणा पत्र आउदैन थियो उहाले प्रष्ट पार्नुभयो ।  

दुई पार्टीको एकिकरणको लागि धेरै पटक प्रयास भए पनि तयारी नभएको कारण हुन नसकेको उहाको भनाई थियो । नेपालमा प्रमुख कम्युनिष्ट पार्टीको एकताको विकल्प नभएको महशुस गर्दै त्यस तर्फ अगाडी बढेको हो । दुई कम्युनिष्ट बिच एकता नभए  नेपाल राजनैतिक परिर्वतन ल्याउन सकिन्न सस्थागत र दिगो हुन सक्दैन भन्ने चेतना एमाले माओवादीमा थियो–उहाले भन्नुभयो । अहिले नेपाली दुई पार्टीमात्र मिलेको कुरा होईन । सिंगै कम्युनिष्ट अन्दोलन र श्रमजिवी जनताको एकताको सवाल भएको उहाको भनाई छ । राष्ट्रको महान उदेश्यको निम्ति ,उत्पीडित जनताको हकहितको लागि दुई पार्टी एक हुनु परेको जिकिर गर्नुभयो । दुई पार्टीका पहलमा नै अहिले पार्टी एकिकरण हुन लागेको उल्लेख गर्नुभयो । देशमा अब दिगो विकासको निम्ती वृहतर बमापन्थी एकता हुन लागेको बताउनुभयो । निर्वाचन पश्चात देशमा बामपन्थी सरकार बन्ने र देश समृद्धि तर्फ उम्मुख हुने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस