चुनाबी रौनक

चुनाबी रौनक ! धान काट्ने देखि ढकिया बोक्ने सम्म

विहीबार, २३ कार्तिक २०७४, ११ : ४७
चुनाबी  रौनक ! धान काट्ने देखि ढकिया बोक्ने सम्म


काठमाडौं । नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएर उम्मेदवार बनेका नवराज सिलवाल बुधवार दक्षिण ललितपुरका एक किसानको खेतमा धान काट्दै थिए । उनले फोटो सेसनका लागिमात्र होइन भन्दै एक गह्रो धान पूरै काटिसके ।

गाउँले किसान र चुनावी अभियानमा गएकाहरु सिलवालले धान काटेको हेर्दै अप्ठेरो मान्दै थिए । तर, सिलवालले सबैलाई सहज बनाउँदै भने , "मैले सानोमा पनि घाँस काटेकै हो, मलाई धान काट्न नआउने होइन ।"

एउटा गह्रोको धान काटिसकेपछि पूर्वडीआइजी सिलवालले चुनावमा ललितपुर १ बाट आफूलाई मत दिन आग्रह गरे ।जाजरकोटे राजाका सन्तान तथा चर्चित पाइलट बबी शाहका छोरा राजिवविक्रम शाह थापाथली दरबारमा जन्मिएका हुन् । उनले विश्वका महंगा स्कूल र कलेजमा पढे । राजनीतिमा लागेपछि ‘राजा’ले आफूलाई जनता बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

राजिवविक्रम शाह

विकट जाजरकोटका भीरपाखामा लौरो टेकेर हिँडिरहेका शाह अहिले घर(घरमा नमस्कार गर्दै पुगिरहेका छन् ।एक महिनाअघि मधेसमा सम्पन्न स्थानीय चुनावमा साइकल चढेर भोट माग्ने नयाँ शैली अपनाएका राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतो अहिले जनकपुरमा छाता ओढेर भोट माग्दैछन् । स्थानीय चुनावमा राजपाको चिन्ह साइकल थियो अहिले छाता छ ।

 

आरजु राणा देउवा

चुनावमा एक मतले पनि हारजित हुने भएकाले उम्मेदवारहरु सकेसम्म व्यक्ति व्यक्तिसम्म पुग्ने प्रयासमा छन् । मतदातालाई प्रभावित पार्न र आफूतिर आकर्षित गर्नका लागि उम्मेदवारले नयाँ नयाँ शैली अपनाइरहेका छन् ।

उम्मेदवारका थप तस्वीर :

बाबुराम भट्टराई

डा. बाबुराम भट्टराई

 

लालबाबु पण्डित

लालबाबु पण्डित

 

 

 

प्रतिक्रिया दिनुहोस