चितवन बिशेष

चितवनमा प्रचण्डको आवश्यकता किन छ ?

बुधबार, २२ कार्तिक २०७४, १८ : ५५
चितवनमा प्रचण्डको आवश्यकता किन छ ?

चितवन । चितवन नेपालकै मध्य भागमा छ । मेची देखि महाकाली होस् या पश्चिम ,पुर्वबाट राजधानी पुग्न चितवन भएर नै जान पर्दछ ।

चितवनलाई नेपालकै ७६ औ जिल्लाको रुपमा हेरिदै आईएको छ । त्यसो त चितवनलाई वैकल्पीक राजधानीको रुपमा विकास गर्ने भनी लोमो समय देखि कसरत नभएको पनि होईन् । देश लामो समय देखि राजनीतिक संक्रमणमा गुज्रीयो । नेपाली जनताले यस बिचमा आफैले लेखेको संविधान ७० बर्ष पछि पाए । यसविचमा नेपाल विकासको दृष्टीकोणले पछाडीपर्‍यो ।

नयाँ संघिय संरचना अनुसार लामो समय देखि रोकिएको स्थानिय चरण्को चुनाव पनि सकिएको छ । अहिले हामी प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनको मुखमा छौ । जनताहरुले छोटो समयमा धेरै विकास होस भन्ने चाहेका छन् । चितवनका जनताले पनि यस बिचमा विकासको स्वाद चाख्न पाएका छैनन् । देशमा भएका निर्वाचनले जनताका प्रतिनिधी त चुन्यो तर कुनै पनि देखिने गरी विकास नभए पछि रुष्ट बन्नु स्वाभाविक हो ।

आसन्न प्रतिनिधीसभाको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट माओवादी केन्द्र का अध्यक्ष्ँ पुष्पकमल दाहालको उम्मेदवारी परेको छ । उम्मेदवरी परे सगै धेरैमा नया“ आश पलाएको देखिन्छ । प्रचण्डले आफु प्रधानमन्त्री भएका बेला चितवनबाट उठ्ने संकेत दिईसकेका थिए । प्रधानमन्त्री भएका बेला चितवनको विकासका लागि ठुलो बजेट पारेका थिए । यसले भावी दिनमा उनले चितवनको विकासका लागि महत्वपुर्ण भुमिका खेल्ने विषलेश्ण गर्न सकिन्छ । गृह जिल्ला चितवन भए पनि विभिन्न कारणले चितवनबाट उम्मेदवारी दिन नपाएका प्रचण्ड यस पटक ठुलो आट गरेर निर्वाचनमा आएका छन् । २ दशक देखी यसै क्षेत्रबाट चुनाव लड्दै आई रहेका विक्रम पाण्डे उनको प्रतिस्प्रर्धामा छन् । यदि बाम गठबन्धनको सबै मत प्रचण्डलाई नै आउने हो भने उनी विजय हुने पक्का छ ।

प्रचण्ड अहिले देशकै नेतृत्व तहमा छन् । माओवादीकेन्द्र का पार्टी अध्यक्ष र २ पटक प्रधानमन्त्री भईसकेका छन् । यस कारण पनि उनको अनुभव राम्रो छ । चितवनबाट विजय सांसद नगन्य रुपमा मन्त्री भएको पाईन्छ । प्रचण्ड यस्ता व्यक्ति हुन की चितवन गृह जिल्ला भई नेपालको प्रधानमन्त्री भएको । नेपालको राजनीतिमा आमुल परिवर्तमा उनको डिसिजन महत्वपुर्ण देखिन्छ । प्रचण्डले १० बर्षे जनयुद्धको नेतृत्व गरेको माओवादीलाई अहिलेको स्थानसम्म ल्याउन ठुलो भुमिका निर्वाह गरेका छन् । उनी कुनै पनि विषयमा बोल्ड डिसिजन गर्न माहिर मान्छिन् । लामो समयसम्म राजधानी केन्द्रिय राजनीति पछि उनी आफ्नो गृह जिल्ला फर्किए सगै महत्वपुर्ण ढुङगबाट हेरिएको छ । अब उनी यसै स्थानबाट प्रतिनिधी हुन चाहान्छन् । उनले उम्मेदवारी दिएसगै चितवन मार्फत देशको नेतृत्व गर्न चाहान्छु भन्ने गरेका छन् । पछिल्लो समय के पनि भन्ने गरेका छन् भने निर्वाचनमा पराजय हुन परे सहजै स्वीकार गर्छु ।

चितवनको जनताले पराजय गरे पराजय भोग्छु भन्नुले उनी चितवनबाटै निर्वाचन जित्न चाहान्छन । चितवनको ३ वटै क्षेत्रमा बामगठबन्धनबाछ उम्मेदवारी दिएको उम्मेदवार मध्ये उनी पाका छन् । बामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमाले नेता सुरेन्द्र पाण्डे र कृष्णभक्त्त पोखरेले अभिभावकको रुपमा हेरेका छन् । उनीहरु पनि प्रचण्डको उम्मेदवारी पछि उत्साहित बनेका छन् । उनीहरु आफ्नो क्षेत्रको प्रचार प्रसार भन्दा पनि प्रचण्ड उठेको क्षेत्र को प्रचार प्रसारमा व्यस्त बनेको पाईन्छ । अर्को बलियो पक्ष्ँ भनेको यस क्षेत्रका जनताहरु नयाँ प्रतिनिधी आओस भन्ने चाहाना राखेका छन् । पुराना सांसदहरुले लामो समयसम्म विकासका कार्यहरुलाई अगाडी नबढाएकाले पनि उनीहरुको मनमा तिक्तता पैदा भएको छ । बिषेश गरी माडीका जनता यस समस्याबाट ग्रसित भएको पाईन्छ ।

माडीमा भएको स्थानिय तहको निर्वाचनमा राप्रपाले मेयर र उपमेयरमा पराजय भोग्नु पर्‍यो । राप्रपाको राम्रै गण मानिएको माडीमा मत नआए पछि जनता नयाँ प्रतिनिधीको खोजीमा छन् भन्ने राम्रोसग“ बुझ्न सकिन्छ । प्रचण्डको उम्मेदवारी पछि उनको पक्षमा राजनीति माहोल सुरु भएको छ । धेरै जना माओवादी पार्टी भन्दा पनि प्रचण्डलाई रोजाईमा पारेका छन् । उनको विजय पनि सहज देखि सगै नेपाली कांग्रेस देखी राप्रपासम्मका कार्यकर्ताहरु धमाधम माओवादीमा प्रवेश गरेको छन् । प्रचण्डलाई चितवनमा स्थापित गराउन सबैले चोसो दिएको बुझिन्छ । यसै क्षेत्रका लोकतान्त्रीक गठबन्धनका विक्रम पाण्डेले लामो समय देखि विकासको नारा दिदै आएको भए पनि कुनै त्यस्तो देखिने गरि विकास भएको छैन । त्यसैले पनि प्रचण्डको सम्भावना बलियो देखिन्छ ।

प्रचण्ड नेतृत्व तहमा पुग्ने सम्मभावना पनि त्यसतै छ । उनले राजनीतिमा जे चाहान्छन् यो भएरै छाडेको छ । नेपाली राजनीति उनको पेरिफेरी मै छ । उनीले फेरी देशको नेतृत्व समहाल्ने समय नजिक नै रहेको आकलन गर्न सकिन्छ । त्यसो भयो भने चितवनको विकासले फड्को मार्ने देखिन्छ । अहिलेको निर्वाचनबाट प्रचण्ड निर्वाचित भए चितवनको विकास हुने आधार तयार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस