सांसदले पीएको तलब आफैं लिन थालेपछि, पीएको खाता खोल्न सुरु

पत्रपत्रिकाबाट

बुधबार, २५ पुस २०७५, ०८ : ३३
सांसदले पीएको तलब आफैं लिन थालेपछि, पीएको खाता खोल्न सुरु

काठमाडौँ । सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ ।

यसका लागि फाराम भराउन थालिएको र सांसद नै पीए लिएर फारम भर्न आउने गरेको उक्त शाखाका उपसचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले सकेसम्म यसपालिदेखि पीएको तलब बैंक खातामा पठाउने प्रयास गरिएको बताउनुभयो । सिंहदरबारभित्रै रहेको एभरेस्ट बैंकसँग सचिवालयको कारोबार हुने गरेको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस