काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन् ।
मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संघीयता, स्थानीय सरकार र प्रशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । ‘चिठी दिएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिन्छ,’ पण्डितले भने ।
मन्त्री पण्डितले प्रशासन साइकलको ट्युवजस्तो लिरिलिरी गरेर नचल्ने भन्दै संघीयता कार्यान्वयनको जिम्मेवारीबाट सरकार नभाग्ने बताए । देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने उनको भनाइ थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ पुस २०७५, ०८ : २७
लेखकबाट थप