मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर डोजर प्रयोग गरी भत्काएपछि...

पत्रपत्रिकाबाट

मंगलबार, २४ पुस २०७५, ०८ : १६
मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर डोजर प्रयोग गरी भत्काएपछि...

पोखरा । पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा बनाएको मापदण्ड विपरीतको घर भत्काएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की घर सोमवार महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको हो ।

यसैगरी महानगरले सार्वजजनिक जग्गा अतिक्रमण गरी बनाएको पोखरा महानगरपालिका ५ धारापानीस्थित भरत लिगलको घर समेत भत्काएको छ । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले आइतबार मात्रै ढलान गरी बनाएको वडा सदस्य परियारको एक तले घर पहिले भत्काएको थियो ।

घर भत्काउन नदिन वडा सदस्य परियारले अनुनय गरेकी थिइन्। उनले महानगरपालिकाका मेयर र वडा अध्यक्षसँग मौखिक सहमतिमा २०४७ सालदेखि बस्दै आएको स्थानमा पक्की घर बनाएको बताएकी थिइन् ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस