काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ ।
जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ । त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनुपर्ने उनीहरूले बताएका छन् ।
बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण हुन नसकेका २० भन्दा बढी कम्पनीका औषधि बिक्री भइरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ पुस २०७५, ०८ : ०८
लेखकबाट थप