गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक

पत्रपत्रिकाबाट

आइतबार, २२ पुस २०७५, ०७ : ३९
गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक

काठमाडौँ । हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् । यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । 

हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारिश्रमिक लिने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस