जनकपुरधाम । जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर(आगो) ताप्छन् ।
प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि आगो काल बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको बर्न वार्डमा अहिले ६ जना आगोले पोलेका बिरामी उपचाररत छन् ।
घरायसी काममा यसैपनि आगोसँग महिला नै बढी जुध्नुपर्छ । महिलाले साडी अड्याउन पेटिकोट लगाउँछन् । त्यसको गाँठो बलियो पार्छन् नै । यस्तो अवस्थामा कहीँकतै आगोले साडीमा समातिदियो भने सजिलै साडी फुकाल्न नसकिने र समय लाग्ने हुँदा कम्मरमूनिको भागबढी जल्ने गरेको बर्न भाइलेन्स सर्भाइबर संस्थाकी धनुषा प्रतिनिधि सिया सहेली कुमारी साहले बताइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ पुस २०७५, ०७ : ०७
लेखकबाट थप