शून्य विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा वार्षिक ५० लाख खर्च

पत्रपत्रिकाबाट

शुक्रबार, २० पुस २०७५, ०७ : ४७
शून्य विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा वार्षिक ५० लाख खर्च

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास केन्द्रीय विभागमा आठ जना प्राध्यापक कार्यरत छन् । तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ , ती प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको छ ।

त्रिविले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको मासिक तलब सुविधा अधिकतम क्रमशः ५४ हजार, ४९ हजार र ४३ हजार रुपैयाँ तय गरेको छ । विभागको वार्षिक प्रशासनिक खर्च नौ लाख रुपैयाँ छ ।

विद्यार्थीबाट उठाएको रकमबाट प्रशासनिक खर्च चल्थ्यो । विद्यार्थी नै नभएपछि यो खर्च कसरी धान्ने भन्ने चिन्ता विभागलाई छ ।

विभागका प्रमुख शंकर थापाले भने, ‘प्राइभेट विद्यार्थीको थेसिस हेर्ने र नयाँ विद्यार्थी कसरी ल्याउने भन्ने योजना बनाएर दिन बित्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस