पूर्वएआईजी अब प्रहरी खोरमा

पत्रपत्रिकाबाट

शुक्रबार, २० पुस २०७५, ०७ : १४
पूर्वएआईजी अब प्रहरी खोरमा

काठमाडौँ । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार मुद्दामा नौ महिना जेल सजाय सुनाएको छ । 

विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पूर्वएआईजी भट्टराईलाई जेलसँगै ६९ लाख ८७ हजार जरिवाना र बिगो जफत हुने फैसला सुनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस