वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति

पत्रपत्रिकाबाट

शुक्रबार, २० पुस २०७५, ०७ : ०३
वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति

काठमाडौँ । नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै सरकारले बेग्लै ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित केही पूर्वमन्त्री र सचिवलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेपछि सरकारले छुट्टै न्यायिक छानबिन समिति गठन गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस