जापानले माग्यो रोजगार अवधारणा पत्र, प्राविधिक टोली माघ २ मा नेपाल आउँदै

पत्रपत्रिकाबाट

विहीबार, १९ पुस २०७५, ०८ : ४४
जापानले माग्यो रोजगार अवधारणा पत्र, प्राविधिक टोली माघ २ मा नेपाल आउँदै

काठमाडौं । रोजगारीका लागि नेपाली युवा लैजाने सम्बन्धमा जापान सरकारले नेपाल सरकारलाई आधिकारिक अवधारणा बनाउन अनुरोध गरेको छ ।

जापान सरकारले नेपाली कामदार लैजाने सम्बन्धमा गरेको निर्णयसँगै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अवधारणा माग गरेको हो । नेपालबाट के कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा नेपाललाई अवधारणा बनाउन जापानले अनुरोध गरेको श्रम सचिव महेशप्रसाद दाहालले बताए ।
‘जापान सरकारले नेपालबाट कामदार लैजाने सम्बन्धमा आएका समचारलाई आत्मसात गरेर नेपालबाट कामदार लिने सम्बन्धमा इच्छुक रहेको जनाउँदै अवधारणा पठाएको छ ।’ सचिव दाहालले भने, ‘जापान सरकारबाट आएका अवधारणाका बारेमा मन्त्रालयले अध्धयन गर्दै छ ।’

यस सम्बन्धमा छलफल गर्न जापानी प्रतिनिधि माग २ गते नेपाल आउदैछन् । नेपाल सरकारले कम्तिमा ३० हजार नेपाली युवालाई रोजगारी दिन जापानलाई अनुरोध गर्ने तयारी गरेको छ । जापान सरकारले आफ्नो पछिल्लो निर्णय अनुसार नेपाललाई औपचारिक रुपमै अवधारणा समेटेर ड्राफ्ट पठाएको खबर काराेबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस