काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध, बेवारिसे वृद्धवृद्धालाई आश्रममा लगिने

पत्रपत्रिकाबाट

विहीबार, १९ पुस २०७५, ०७ : ३६
काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध, बेवारिसे वृद्धवृद्धालाई आश्रममा लगिने

काठमाडौँ । काठमाडौँका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ ।

प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । 

महानगरीय परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई आश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याएर कानुनअनुसार कारबाही गरिनेछ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस