काठमाडौं । ट्याक्सी भाडा १० प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजनको काम गरिरहेको छ ।
मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सीमा भाडा समायोजन गरिसकिएको छ ।
आजको गोरखापत्र दैनिक लेख्छ–यातायात व्यवस्था विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा भाडा वृद्धि गरेपछि ट्याक्सीमा पनि १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन गर्दै विभागले भाडा समायोजनको काम गरेको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ पुस २०७५, ०८ : ४९
लेखकबाट थप