नेपालीले घुमेरै सके ३५ अर्ब, विदेशी पर्यटकको २५ अर्ब ५ करोड मात्रै

पत्रपत्रिकाबाट

बुधबार, १८ पुस २०७५, ०७ : ४६
नेपालीले घुमेरै सके ३५ अर्ब, विदेशी पर्यटकको २५ अर्ब ५ करोड मात्रै

काठमाडौँ  । विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो । 

यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। 

नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस