भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

पत्रपत्रिकाबाट

सोमबार, १६ पुस २०७५, ०७ : ४३
भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

बनेपा । मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । 

साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस