वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?

पत्रपत्रिकाबाट

सोमबार, १६ पुस २०७५, ०७ : २६
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?

काठमाडौँ । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । 

विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो । 

कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडीमा संलग्नलाई निलम्बन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ । 

प्रतिक्रिया दिनुहोस