निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख खर्च

पत्रपत्रिकाबाट

सोमबार, २४ पुस २०७४, ०७ : ०८
निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख खर्च

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक भएको छ ।

प्राप्त बजेटमध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपियाँ बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने निर्वाचन आयोगले जनाएको छ । यो खब हामीले आजको नागरिक दैनिकबाट लिएका हौ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले निर्वाचन आयोगलाई १० अर्ब छ्ट्टाएको थियो। जस मध्ये ३० करोड रुपियाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड रुपियाँ निर्वाचन कार्यका लागि छुट्टाइएको छ ।

उक्त बजेटमध्ये पुस २१ गतेसम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ (कुल बजेटको ५७.९६ प्रतिशत) रुपियाँ मात्र खर्च भएको निर्वाचन आयोगले जनाएको छ ।

जसमध्ये ७७ जिल्लाहरूमा निकासा भएको जम्मा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ (५०.१२ प्रतिशत) रुपियाँ रहेको छ भने आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा ७६ करोड ६ लाख ७८ हजार ६९१ (७.८४ प्रतिशत) रुपियाँ मात्र खर्च भएको छ आयोगले सार्वजनिक गरेकोछ ।

प्रतिक्रिया दिनुहोस