विद्यालय शिक्षाः सामुदायिक खुम्चिँदै, निजी फैलँदै

पत्रपत्रिकाबाट

आइतबार, २३ पुस २०७४, ०७ : ३२
विद्यालय शिक्षाः सामुदायिक खुम्चिँदै, निजी फैलँदै

भक्तपुर ताथलीको गणेश माविमा तीन वर्षअघि एक सय २० विद्यार्थी थिए ।

यो संख्या ०७३ मा एक सय ५ मा झर्‍यो । यस वर्ष ८२ जनामा सीमित भएको छ ।

मुस्किलले ६५ जनामात्र विद्यालयमा नियमित हाजिर हुन्छन् । यो विद्यालयमा हरेक वर्ष विद्यार्थी घटिरहेका छन् ।

ललितपुर एकान्तकुनाको महेन्द्र भृकुटी मावि, भक्तपुर ताथलीको गणेश मावि र काठमाडौं यट्खाको कन्या मावि ।

यही विद्यालयको पाँच सय मिटर नजिकै छ एसएस सदन नामक निजी विद्यालय ।

यहाँ भने हरेक वर्ष विद्यार्थी बढिरहेका छन् । ०७२ मा २ सय २३ विद्यार्थी रहेको यो विद्यालयमा ०७३ मा तीन सय पुगे । यस वर्ष ३ सय २५ छन् ।

विद्यार्थीको उपस्थिति पनि नियमित छ । विद्यार्थीको सिकाइमा अभिभावकको चासो पनि उत्तिकै छ । गणेश माविका विद्यार्थी र गाउँका बालबालिकाको रोजाइमा एसएस सदनसहित अन्य निजी विद्यालय पनि पर्न थाले ।, आजकोकान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस