काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्शनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जेन–जी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण समेत गराउनु भयो । उहाँले सरकारलाई संविधान पढ्न समेत सुझाउनु भयो । उहाँले संविधानले समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान जानुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘युवाहरुले यो व्यवस्थाका विरुद्ध संघर्ष गरेका थिएनन्, हाम्रो अवस्थाका विरुद्ध संघर्ष गरेका थिए । यसमा मौलाउँदै गरेको विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा संघर्ष गरेका थिए । नवयुवाहरुले आम नागरिकको भावनाको समेत प्रतिनिधित्व गर्ने गरेर विद्रोह गरेका थिए । त्यसकारण म सम्मानित सदनमा सभामुखमार्फत के भन्न चाहान्छु भने सरकारले यो संविधान पढोस् । समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् । सरकार एक्शनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस् । यदि त्यसो ग¥यौं भने फेरि हामीले नवयुवाहरुको भावनालाई सम्बोधन गर्न सक्दैनौँ ।’
सरकारले विगतमाजस्तै स्टन्ट गर्दै गए जेन–जी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १४ : ४३
लेखकबाट थप