काठमाडौँ । इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो ।
अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब ११६ डलर पुगेको छ, जुन अघिल्लो मूल्यभन्दा झन्डै २८ प्रतिशतले बढेको हो ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण तेल उत्पादन र ढुवानीमा ठूलो जोखिम उत्पन्न भएपछि विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । विशेष गरी पर्सियन गल्फ क्षेत्रबाट विश्वभर तेल पठाउने प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज अहिले असुरक्षित बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ फागुन २०८२, १५ : ०५
लेखकबाट थप